Ad imageAd image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

facebook sharing button
sharethis sharing button

घोराही । दाङमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । 

एक जनाको घटनास्थलमा र अर्का एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।

मल्लका अनुसार राजपुर गाउँपालिका– ५ जंग्रहवा र नौसराबिचमा रहेको कोरिया खोला पुल नजिकै शनिवार राती रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा राजपुर गाउँपालिका–५ नौसहरा निवासी २४ वर्षीय प्रमोद यादवको घटनास्थलमा र सोही ठाउँ निवासी २४ वर्षीय प्रदीप यादवको लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागी बुटवल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटना बारेमा थप अनुसन्धान गरिरहेको मल्लले जानकारी दिनुभएको छ । 

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
scattered clouds
27° _ 27°
57%
3 km/h
शनि
25 °C
आइत
30 °C
सोम
30 °C
मंगल
29 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ