रुकुम पश्चिममा शान्तपुर्ण तरिकाले होलि सम्पन्न

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । रुकुम पश्चिममा यो वर्ष फागु पूर्णिमा अर्थात् होली पर्व धूमधामका साथ मनाइएको छ । जिल्ला पश्चिम भाग चौरजहारी सदरमुकाम विभिन्न ठाउँमा एक आपसमा खुसी साटासाट गरेर होली पर्व मनाएको हो ।

बालबालिका, युवा, वृद्ध वृद्धाहरुले बिहानै देखि एक आपसमा रङ दलेर खुसी साटासाट गर्दै होली मनाएका हुन । होली पर्व, पर्व मात्रै नभएर साथीभाइ भेटघाट हुने, एक आपसमा रङ दलेर खुसी साटासाट गर्ने र शुभकामना आदानप्रदान गर्ने पर्व भएको चौरजहारी नगरपालिका ५ का तिलक शर्माले बताउनुभयो ।

उहाले होलिको अवसर पारेर आफ्नो धान पाकी झुलिग्या बोलको सिङ्गारु गितको छायांकन गर्नुभएको छ । पालिकाको वडा नम्बर ५ खहरे भन्ने ठाउँमा सबै जम्मा भएको अवसर पारेर गितको छायांकन गर्नुभएको हो ।

गितमा मौलिकताको लागि बुढापाका, युवाअवस्था लगायत सबैलाई पुरानो मौलिक नाच नचाइएको थियो । गितमा कलाकार इन्द्र जिसि र तिलक शर्माको आवाज रहेको थियो ।

यस्तै जिल्लामा पनि होली पर्व मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्लामा कुनै नराम्रो खालको गतिविधि नभएको र शान्तिपूर्ण वातावरणमा होली सम्पन्न भएको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका  सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार होली पर्वलाई लक्षित गरेर कुनै किसिमका घटनाहरू नहोस्  भनेर अघि पछिका दिनमा खटिने प्रहरी भन्दा जिल्लाभर ५० प्रतिशत अर्थात् २ सय बढी प्रहरी परिचालन गरिएको थियो ।विशेष गरी होली पर्वलाई लक्षित गरेर ठाउँ ठाउँमा यातायातका सवारी साधन चेकिङ, मापसे चेकिङ र आकस्मिक चेकिङ थालिएकाे थियो ।

त्यस्तै घटना नहोस् भनेर सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको  थियो । यस हिसाबले पनि जिल्लामा होली पर्व शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
48%
2 km/h
मंगल
17 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ