कार्यालय एउटा, जिम्मेवारी दुई प्रदेशको

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

मपश्चिम, चैत १२ गते । रुकुमपश्चिमका जिल्ला हुलाक कार्यालय र कारागार कार्यालयले लुम्बिनी प्रदेशमा पर्ने रुकुमपूर्व जिल्लाको समेत कार्यभार सम्हाल्दै आएका छन् ।

संविधान र राज्य पुनर्संरचनाले समेत अलग जिल्ला र प्रदेश विभाजन भए पनि हालसम्म यी कार्यालयले दुई जिल्ला तथा प्रदेशको जिम्मेवारी सम्हाल्दै आएका छन् । एउटै कार्यालयले अलग जिल्ला र प्रदेशमा समेत कार्य गर्नुपर्दा सेवा प्रवाह, समन्वय र व्यवस्थापनमा समस्या झेल्नु परेको छ ।

जिल्ला हुलाक कार्यालयका प्रमुख कुमारी रिमा मल्लले दुई प्रदेशका फरक जिल्लाका लागि एउटै कार्यालय रहेकाले जनशक्ति व्यवस्थापन तथा समन्वयको काममा समस्या हुने गरेको बताउनुभयो ।

रुकुमपूर्वका तीन इलाका हुलाक, १३ वटा अतिरिक्त हुलाकका साथै रुकुमपश्चिमका पाँच इलाका हुलाक र २१ वटा अतिरिक्त हुलाक कार्यालयका लागि मुसीकोटमा रहेको जिल्ला हुलाक कार्यालयले काम गरिरहेको छ ।

जिल्ला र प्रदेशमा पत्राचार तथा समन्वयका काममा असहजता हुने गरेको बताइन्छ । उहाँका अनुसार यस विषयमा हुलाक विभागमा पत्राचारसमेत गरिएको छ ।

२०७२ साल असोज ३ गते जारी नेपालको संविधानले सिङ्गो रुकुमलाई दुई जिल्लामा विभाजन गरेको थियो । यसपछि २०७४ भदौ ५ को मन्त्रीपरिषद् बैठकले रुकुमलाई छुट्टाछुट्टै जिल्ला कायम गर्दै दुई प्रदेशमा राखेर भूभाग विभाजन गरेको थियो ।

२०७४ असोज १८ गते जिल्ला प्रशासन कार्यालयसमेतका अन्य कार्यालय रुकुमपूर्वको रुकुमकोटमा स्थापना गरिए पनि हालसम्म हुलाक र कारागार कार्यालय स्थापना हुन सकेका छैनन् । रुकुमपश्चिममा रहेको कारागार कार्यालयले दुवै जिल्लाका कैदीबन्दी व्यवस्थापनको काम गरिरहेको छ ।

२५ जना क्षमताको यस कारागारमा अहिले १५४ जना कैदीबन्दी छन् । क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या हुने गरेको कारागार प्रशासक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताउनुभयो । उहाँका अनुसार पाँच महिला र २० पुरुषको क्षमता रहेको यस कारागारमा अहिले १० महिला, १४२ पुरुष र दुई नाबालक छन् ।

दुवै जिल्लामा रहेका अदालतबाट दोषी ठहर भएका र अभियोग लागेका कैदीबन्दीलाई यही कारागारमा ल्याउने गरिएको छ । अहिले कारागारमा बसाइ, खानेपानी, शौचालय प्रयोगलगायत सुत्ने स्थानको समेत समस्या हुने गरेको छ ।

जानकारी अनुसार कैदीबन्दी सुत्ने ठाउँको अभावले कोल्टो फेर्न नपाई उठ्नुपर्ने बाध्यता छ । कारागार भवन सानो हुँदा भित्री सुरक्षामा समेत चुनौती थपिएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
48%
2 km/h
मंगल
17 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ