बैंकक । थाइल्याण्ड प्रहरीले ठुलो मात्रामा लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । पाथुमथानीको लातलुम काइओ जिल्लामा प्रहरीले छापा मार्दा लागुऔषध सहित ६ सदस्य पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट ५६ लाख मेथाम्फेटामाइन चक्की र २०० किलोग्राम केटामाइन बरामद गरेको छ ।
थाइ प्रहरीले पत्रकार सम्मेलनगरि चार जना पुरुष र दुई महिला सार्वजनिक गरेको छ । ताम्बोन खु क्वाङस्थित नट्टानुन होम हाउसिङ एस्टेटमा रहेको एउटा घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।
आइतबार रातिको कारबाहीका क्रममा प्रहरीले ५६ लाख मेथ चक्की र २०० किलोग्राम केटामाइन बरामद गरेको प्रहरीलाई उदृत गर्दै बैैंकक संवाददाताले जनाएका छन् ।
प्रहरीले लागुऔषध ओसारपसारमा प्रयोग हुने बक्स पिकअप ट्रकलाई नियन्त्रणमा लिएको छ । यसअघि बैंककको थोन बुरी क्षेत्रमा महानगरीय प्रहरी ब्यूरो डिभिजनले लागूऔषध व्यापारीहरूलाई पक्राउ गरेपछि थप रहस्य खुलेको हो ।
प्रहरीको अनुसन्धानमा अवैध औषधि वितरण गर्ने ठूलो नेटवर्क रहेको खुल्न आएपछि थप अनुसन्धान अघि बढाइएको थियो । प्रहरीका अनुसार गिरोहले रातमा एजेन्टहरूलाई लागुऔषध पु¥याउन सवारी साधन प्रयोग गरेका पाइएको छ ।
घटनामा संलग्नले आफ्नो बयानमा स्वीकार गरेको प्रहरीले जनाएको छ । यसअघि लागुऔषधसहित ६ जना अभियुक्तलाई पक्राउ गरिएको थियो । उनिहरुलाई अवैध लागूऔषध बिक्री वितरण गरेको अभियोगमा कानुनी कारबाहि अघि बढाइएको छ ।