एमाले रुकुम पश्चिमको जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा, उपाध्यक्ष ज्ञवालीले उद्घाटन गर्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

नेकपा एमाले रुकुम पश्चिमको नवौ जिल्ला अधिवेशनको तयारी पुरा भएको बताईएको छ । अधिवेशनको बारेमा जानकारी दिन आज पार्टी कार्यालय बागबजारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नन्दराम देवकोटाले अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । 

उहाँले पार्टीको नवौ जिल्ला अधिवेशन चैत १६ गते उद्घाटन हुने र १७ गते बन्दसत्र हुने जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन पार्टीका उपााध्यक्ष युवराज ज्ञवालीले गर्नुहुने उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष देवकोटाले अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताउनुभयो ।

उहाँले अधिवेशनबाट सकभर सर्वसम्मत नेतृत्व चयन हुने, नभए चुनावी प्रक्रिया मार्फत नेतृत्व चयन हुने बताउनुभयो । 

अधिवेशनमा करिब ३५० जना प्रतिनिधि सहभागी हुने देवकोटाले जानकारी दिनुभयो । उद्घाटन सत्र अघि र्याली निकालिने र पार्टी कार्यालयमै उद्घाटन सत्र हुने कार्यक्रम तय गरिएको छ ।

 पार्टीको विधान अनुसार तीन वर्षे कार्यकाल हुनेपर्ने भएतापनि पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटको निश्कर्ष र पार्टी केन्द्रको सर्कुलेशन अनुसार देशभरका जिल्ला कमिटीको अधिवेशन हुन थालेको बताईएको छ । 

पार्टीका जिल्ला सचिव शसीराम नेपालीले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रममा पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य कर्णबहादुर ओली लगायतका जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
72%
2 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
10 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ