बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोली विश्वासको मत लिने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सोमबार दिउँसो १:०० बजे प्रदेश सभाको बैठक बस्नेगरी सभामुखले समय तोक्नुभएको जानकारी दिनुभयो ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सोमबार लिने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले गत शुक्रबार पत्र बागमती प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो ।

यसैबिच प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज आइतबार दिउँसो ३:०० बजेका लागि बोलाइएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार बस्ने प्रदेश सभाको बैठकसहित विश्वासको मत लिने कार्य सूची तय गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै नेपाली काँग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेपछि विश्वासको मत लिने तयारी गरिएको छ ।

गत फागुन २३ गते काँग्रेसका छ जना मन्त्रीले सरकारबाट सामुहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

संविधानको धारा १८८ को उपधारा (२) मा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
55%
4 km/h
आइत
16 °C
सोम
24 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ