काठमाडौं । प्रतिनिधिसभाको आजको बैंठकमा नेपाली कांग्रेसले गृहमन्त्रीको राजिनामा पुनः माग गरेको छ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौत्तमले सत्तारुढ दलहरुलाई गृहमन्त्री रवि लामिछाने गुमाउनुपर्छ भन्ने त्रासमा बताउनुभयो ।
प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीका तर्फबाट बोल्दै कांग्रेसकी सांसद प्रतीमा गौतमले सहकारीको बचत हिनामिना गरेको भनी उपप्रधन तथा गृहमन्त्री लामिछाने आरोपित रहेको बताउनुभयो ।
यस विषयमा आफूहरुले संसदीय छानबिन समिति गठनको माग गर्दा सत्तारुढ दलहरु तयार नहुनु आफैंमा शंकास्पद रहेको उहाँको दावी थियो ।
Recent Visitors: 2
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1