बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरे

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।प्रदेश सभाको सोमबार बसेको बैठकबाट मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउनुभएको हो ।

नेपाली कांग्रेसले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

११० सदस्य रहेको बागमती प्रदेश सभाको सोमबारको बैठक मतदानमा उपस्थित १०८ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ५६ मत र विपक्षमा ३७ मत परेको प्रदेश सभाका सभामुख भुवन पाठकले जानकारी गराउनुभयो ।

विश्वासको मतका लागि भएको मतदानमा १५ जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए ।

मुख्यमन्त्रीले राख्नु भएको विश्वासको मत माथिको प्रस्तावको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले मत दिएका छन् । हाम्रो नेपाली पार्टीका एक जना प्रदेश सभा सदस्यको अनुपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी र र नेपाल मजदुर किसान पार्टी तटस्थ रहेका थिए ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री जम्कट्टेलले यसअघि गत वर्ष माघ ३ गते र चैत १० गते प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
25%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ