एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सिन्धुपाल्चोक : नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिनुभयो । श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गर्नुभयो ।

नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो । चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो । उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित हुनुभयो । उहाँका प्रत्यासी विष्णुमणि आचार्यले तीन सय सात मत प्राप्त गर्नुभयो ।

सचिवमा कृष्णगोपाल तामाङ चार सय तीन मतसहित विजयी हुनुभयो भने प्रत्यासी यज्ञराज सापकोटाले दुई सय ७० मत पाउनुभयो । उपसचिव खुलातर्फ शिवहरि सापकोटाले तीन सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले तीन सय १३ मत पाउनुभयो ।

महिलातर्फ सुशीला पाख्रिनले चार सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले दुई सय आठ मत प्राप्त गर्नुभयो । जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन । विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए । पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ