तत्कालीन संस्कृति मन्त्री शाहीसहित ३२ विरुद्ध एक अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दा

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिहीबार आयोगले विशेष अदालतमा पुगेर पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहितका ३२ जनालाई प्रतिवादी बनाइ आरोप पत्र दर्ता गराएको हो ।

मुद्दा दर्ता भएकोबारे विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले ए ३३०-२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोपपत्र दर्ता भएको बताउनुभयो । उहाँले ३२ जना प्रतिवादी बनाइ मुद्दा दर्ता भएको बताउनुभयो ।

जसमा २४ जना नेपाली र आठ जना विदेशी रहेको बताउनुभयो । अख्तियारले वाइडबडी खरिदमा एक अर्ब ४७ करोड दश लाख ८५ हजार ४८२ रुपियाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दर्ता गरेको छ ।

ए ३३०-२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोपपत्र दर्ता भएको छ । यसमा ३२ जना प्रतिवादी हुनुहुन्छ । २४ जना नेपालीसहित आठ जना विदेशी गरी ३२ जना प्रतिवादीहरुविरुद्ध आरोप पत्र दर्ता भएको छ ।

यसको सबै प्रतिवादीहरूलाई समान बिगो कायम गरिएको छ । त्यसमा एक अर्ब ४७ करोड दश लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता भएको छ ।”सूचना अधिकारी रेग्मीकाअनुसार प्रतिवादी सबैलाई समान बिगो दाबी गरी मुद्दा दर्ता गरिएको छ ।

सेयर: 41
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ