सामाजिक सुरक्षा कोषमा परिवारका अन्य सदस्यलाई पनि समेट्न रोजगारदाताको सुझाव

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं। सामाजिक सुरक्षा कोषमा भएको स्वास्थ्य बिमा सुविधामा परिवारका अन्य सदस्यलाई पनि समेट्न रोजगारदाताहरुले सुझाव दिएका छन् । सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायका विषयमा भएको छलफलमा रोजगारदाताहरुले त्यस्तो सुझाव दिएका हुन् ।

छलफलमा भाग लिनुहुँदै उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन र त्यसप्रति नयाँ व्यक्तिहरुलाई आकर्षित गर्न परिवारका अरु सदस्यहरुलाई पनि बिमा सुविधा दिने व्यवस्था थप्न सकिने बताउनुभएको हो ।

अध्यक्ष सुरानाले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध उद्योगी व्यवसायीले कार्यान्वयन तहमा भोगेका समस्याहरु नीतिगत स्पष्टताका साथ समाधान गर्नुपर्ने बताउनुभयो ।

सामाजिक सुरक्षा कोषजस्तै उद्योगी व्यवसायीलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी कुनै कोषको व्यवस्था गर्नु उपयुक्त हुने अध्यक्ष सुरानाको सुझाव थियो ।

सामाजिक सुरक्षा कोषको परिवर्तित व्यवस्था र कार्यान्वयन तहमा देखिएको समस्या समाधानका उपाय पहिचान गर्न आयोजना गरिएको छलफलमा कोषका प्रतिनिधि, उद्योगी व्यवसायी तथा अन्य सरोकारवालाहरु पनि सहभागि हुनुहुन्थ्यो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
72%
2 km/h
शुक्र
13 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ