सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा कर्फ्यु

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

इनरुवा । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा कर्फ्यु आदेश जारी भएको छ ।

सुनसरीका कायक मुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयालले बिहीबार भएको एक युवा माथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार बिहानैबाट भएको विरोध पदर्शनलाई ध्यानमा राखेर निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो ।

कामु प्रजिअ फुयालका अनुसार शुक्रबार मध्याह्न १२ बजेदेखि अनिश्चित कालिन कर्फ्यु लगाइएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यान १२ बजेटबाट तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन तथा कुनै पनि खालका क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९क० ९१० बमोजिक कर्फ्यु आदेश जारी गरेको हो ।

चैत २२ गते बिहीबार हरिनगर गाउँपालिका ३ का जिवन मेहतामाथि भएको आक्रमण र त्यसपछिको असहज झडपको अवस्थालाई ध्यानमा राखेर शुक्रबार मध्यानबाट अनिश्चितकालीन कर्फ्यु जारी गरिएको कामु प्रजिअ फुयालले जानकारी दिनुभयो ।

फुयालका अनुसार हरिनगर गाउँपालिकाको १ देखि ७ नम्बर वडासम्म सबै र देवानगञ्ज गाउँपालिका १ मध्हर्साही र देवानगञ्ज गाउँपालिका ७ राजगंज सिनुवारी सीमाक्षेत्र भित्र कर्फ्यु आदेश जारी गरिएको हो ।

कर्फ्यु आदेश विपरीत भए गरिएको पाइएमा सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कारबाही समेत गर्न सकिने कामु प्रजिअ फुयालले जानकारी दिनुभयो ।बिहीबार मुस्लिम युवाहरुको आक्रमणमा घाइते भएका हरिनगर गाउँपालिका ३ का जिवन मेहताको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइहरेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार मेहताको अवस्था खतरामुक्त रहेको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
82%
2 km/h
मंगल
14 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
24 °C
शनि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ