नाउपा रेशम पक्षले सरकारबारे आज निर्णय गर्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

कैलाली। रेशम चौधरी पक्षीय नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताहरूको भेला काठमाडौँमा बसिरहेको छ । हिजो र आज बस्ने भेलाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने बताइएको छ ।

प्रदेश सरकारमा सहभागी हुनुपर्ने मत बलियो रूपमा आएको नाउपाका एक नेताले बताए । तर, कुन गठबन्धनको सरकारमा सहभागी हुने र कसरी जाने भन्ने विषयमा कुनै निर्णय नभएको सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले बताए । ‘सरकारमा सहभागी हुने भन्ने कुरा भएको छ तर, कुन गठबन्धनमा कसरी जाने भन्ने निर्णय गरिएको छैन ’ उनले भने ‘आज यस विषयमा टुङ्गो लाग्छ । ’

आज ११ बजेदेखि रेशम पक्षका नेताहरू पुनस् बैठकमा बस्दै छन् । त्यसले सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा टुङ्गो लगाउने चौधरीले बताए ।

यसअघि कांग्रेस नेतृत्वको सरकारमा नाउपा रेशम पक्षका पाँच जना नेता मन्त्री थिए । कुल ७ मध्ये पाँच जनालाई मन्त्री बनाउँदा पनि बहुमत पुर्‍याउन नसकेपछि कांग्रेसका कमल बहादुर शाहले राजीनामा दिएका थिए ।

अहिले प्रदेश प्रमुखले १० दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । नाउपामा रेशम पक्षका नेताहरूबीच सरकारमा जाने विषयमा एक मत भए पनि कुनसँग जाने टुङ्गो लागेको छैन।

त्यस्तै प्रथम महाधिवेशनमार्फत निर्वाचित कमिटी अद्यावधिक गर्ने गरी निर्वाचन आयोगमा पुनस् रेशम पक्षीय नेताहरूले दबाब दिने भएका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
63%
5 km/h
सोम
19 °C
मंगल
21 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ