विश्वासको मत लिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाउनुभएको छ ।

लुम्बिनी प्रदेशसभामा रहेका ८७ जना सदस्यमध्ये महरालाई ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते शुक्रवार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त हुनुभएका महराले चैत २५ गते शपथ ग्रहण र पदभार ग्रहण गर्नुभएको थियो ।

महरालाई गठबन्धन दल एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एस १ र स्वतन्त्र सांसद खड्का बस्नेत गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

त्यसै गरी विपक्षीमा नेपाली काँग्रेसका २७ जना, राप्रपा र लोसपाका ३-३ जना प्रदेशसभा सदस्य रहनुभएको छ । राप्रपामा ४ जना मध्ये १ जना निलम्बनमा परेपछि ३ जना संसद् रहनुभएको छ ।

मुख्यमन्त्री महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र जिम्मेवारी प्रदान गर्ने तयारी रहेको छ ।

मुख्यमन्त्रीसँगै लुम्बिनी प्रदेशमा विना विभागीय मन्त्री बन्नुभएका एमालेका चेतनारायण आचार्य, जनता समाजवादीका भण्डारीलाल अहिर र माओवादीका दीपेन्द्र पुनलाई कुनै जिम्मेवारी तोकिएको छैन ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
48%
1 km/h
बुध
21 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ