इलाम– २ को उप–निर्वाचनमा कक्षा १२ र स्नातक दोस्रो वर्षका विद्यार्थीहरू मतदान गर्नबाट वञ्चित

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

इलाम । आउँदो वैशाख १५ मा हुने इलाम– २ को उप–निर्वाचनमा कक्षा १२ र स्नातक दोस्रो वर्षका विद्यार्थीहरू मतदान गर्नबाट वञ्चित हुने भएका छन् । कक्षा १२ को वैशाख १४ गते देखि परीक्षा सुरु हुँदै छ ।

यस्तै स्नातक दोस्रो वर्षको पनि वैशाख १६ बाट परीक्षा सुरु हुँदै छ । कक्षा १२ को घर पायक परीक्षा केन्द्र नहुँदा १५ गतेको निर्वाचनमा मत खसाल्न उनीहरूलाई समस्या हुनेछ ।

इलाम– २ का छ वटा विद्यालयमा मतदान केन्द्र पनि रहेको छ । भानु मावि चुलाचुली, सिंहदेवी मावि फाकफोकथुम, भानु मावि मङ्गलवारे र अमर उच्च मावि बरबोटेका रहेका परीक्षा केन्द्रहरूमा मतदान केन्द्र पनि रहेका छन् ।

एउटा विद्यालयमा करिब दुई सय जना विद्यार्थीले कक्षा १२ को परीक्षा लेख्ने छन् । आफ्नो परीक्षा केन्द्रमा परीक्षा लेखेर आफ्नो मतदान केन्द्रमा जान यी विद्यार्थीलाई सम्भव नहुने बताइएको छ । यसै गरी स्नातक दोस्रो वर्षको परीक्षा पनि वैशाख १६ गते बिहान देखि हुँदै छ ।

सदरमुकाममै रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा परीक्षा दिन आउने विद्यार्थीहरू १५ गतेको मत खसालेर आउन नसक्ने अवस्था रहेको क्याम्पसस्थित त्रिवि प्राध्यापक सङ्घकी कोषाध्यक्ष विमला पोख्रेलले बताउनु भयो ।

निर्वाचन आयोग र परीक्षा बोर्ड बेलैमा परीक्षाको मिति प्रति गम्भीर हुनुपर्ने थियो । यो मतदानमा विद्यार्थी मात्र होइन परीक्षामा खटिएका शिक्षकहरू पनि मतदान गर्नबाट वञ्चित हुने अवस्था रहेको बताइएको छ ।

वैशाख १४ गते बिहान ८ बजे देखि ११ बजे सम्म परीक्षा रहेकाले त्यसपछि मात्र मतदान केन्द्र निर्माण गर्ने तयारी रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
4 km/h
बुध
14 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ