नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद घनश्याम चौधरी तीन महिनाका लागि निलम्बन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेश सांसद घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी नियमविपरीत काम गरेको भन्दै चौधरीलाई निलम्बन गर्नुभएको हो ।

प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई शुक्रबार लिखित जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले चौधरी पार्टीको तीन वटा बैठकमा अनुपस्थित रहेको भन्दै कारवाही गरिएको बताउनुभएको छ ।

उहाँद्वारा प्रेषित पत्रमा भनिएको छ, “पार्टीले अति महत्वपूर्ण र गम्भीर विषयमा छलफल गरी निर्णय गर्नुपर्ने भनी पटक–पटक बोलाइएकोमा पार्टीलाई निराश गर्नेगरी बैठकमा उपस्थित नभएको र निजले पार्टी अध्यक्ष श्रेष्ठलाई पठाएको स्पष्टीकरणको जवाफ पनि चित्तबुझ्दो नभएकाले निजलाई ३ (तीन) महिनाका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराउँदछु ।”

अध्यक्ष श्रेष्ठले निज चौधरीलाई चैत १४, १५ र २५ गतेको बैठकमा बोलाइए पनि अनुपस्थित रहको प्रष्ट पार्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा नाउपालाई मुख्यमन्त्रीको जिम्मेवारी आउन लागेका अध्यक्ष श्रेष्ठले सांसद चौधरीलाई कारवाही गर्नुभएको छ ।

सुदूरपश्चिममा नाउपाका ७ प्रदेश सभा सदस्य रहे पनि दुई जना कारवाहीमा परिसक्नुभएको छ । यसअघि इन्दिरा गिरीलाई पार्टीले पदबाट फिर्ता बोलाएको थियो ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
67%
3 km/h
बिहि
14 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
24 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ