काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर मुनि भरैव बस पकेट नजिक सडकमा तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२६ प ६००२ नम्बरको स्कुटर शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उता सप्तरीको हनुमाननगर कंकालिन नगरपालिका-१ सखरदहीस्थित सडकमा प्रदेश ३-०१-०२२ च १३५० नम्बरको कार अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार सोही नगरपालिका-१२ बस्ने सलमान अलीको छोरा ५ वर्षीय अहमद शेखको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी गुल्मीको चन्द्रकोट गाउँपालिका-७ ठुला रघुस्थित सडकमा लु.४ त ७७९० नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २८ वर्षीय ढक बहादुर घर्तीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै रूपन्देहीको मायादेवी गाउँपालिका-१ ऐरौलीस्थित सडकमा रोकी राखेको लु-३ त ६७३३ नम्बरको ट्याक्टरमा लु.३९ प ४१३२ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ महदेवा बस्ने ३० वर्षीय लक्ष्मण कहारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटसाइकलमा सवार अन्य ३ जना उपचार पश्चात डिष्चार्ज भएका छन् ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । महोत्तरीको सोनमा गाउँपालिका-३ खखनास्थित सडकमा बीआर ३० क्यू ४३८४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक सर्लाही पर्सा गाउँपालिका बस्ने ३३ वर्षीय आलम साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडमी पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
haze
15° _ 15°
67%
1 km/h
आइत
23 °C
सोम
24 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ