रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारिमा प्रथम वडा कप उद्घाटन भएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा न. १२ स्थित पातिहाल्ने भन्ने स्थानमा शनिबार चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीले वडा कप भलिबल प्रतियोगिताको उद्घाटन गर्नु भयो ।
नयाँ बर्ष २०८१ को अवसर पारी लेखबेसि युवा क्लबले आयोजना गरेको वडा अध्यक्ष कप भलिबल प्रतियोगिता २०८१ बैशाख १ देखी ३ गते सम्म संचालन हुनेछ छ।
१२ न. वडाका अध्यक्ष टिकाराम वलीको सभाअध्यक्षमा संचालित उद्घाटन समारोहमा प्रमुख अतिथिमा चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प बादी रहनु भएको थियो भने बिशेष अतिथिमा नगरपालिकाका प्रथम मेयर बिशाल शर्मा रहनु भएको थियो ।
यसका साथै अन्य अतिथिमा भने चौरजहारि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सेर प्रसाद ढकाल, नेपाली काङ्ग्रेस चौरजहारी नगर सभापति गणेशमान डाङ्गी, नेकपा एमाले चौरजहारी नगरकमिटी सचिव ओमप्रकाश आचार्य ,नेकपा माओवादी केन्द्र नगर कमिटी सचिव लाल बहादुर कटुवाल लगाएतको उपस्तिथि रहेको। थियो । नगरप्रमुख वादीले पालिकाको सबैभन्दा अग्लो स्थान रहेको खेल मैदानमा पहिलोपटक यसरी कार्यक्रम उद्घाटन गर्न पाउदा अत्यन्तै खुशी व्यक्त गर्नुभएको छ ।
उहाँले यस स्थानको अझ व्यवस्थित बनाउन र क्रीकेट खेल मैदान बनाउन स्थानीय सरकार लागिपरेको बताउनु भयो । साथै पालिकाका प्रथम मेयर बिशाल शर्माले पनि आफ्नो कार्यकालमा बनेको खेल मैदानमा प्रहिलोपटक वडा अध्यक्ष कप संचालन भएको देख्न पाउदा खुसी भएको बताउनु भयो।
उहाँले यस ठाउँलाई खेल मैदान बनाउनका लागि आफुले गरेको पहल कदमी र काम कार्वाहीलाई स्मरण गर्दै खेल मैदान बनाउनका लागि जग्गा दान गर्ने महावीर डाङ्गी परिवारलाई धन्यवाद दिनुभएको हो ।
कार्यक्रममा विभिन्न साङ्गितिक प्रस्तुतिहरु पनि रहेका थिए । जसमा लेखबेसी स्वास्थ्य आमा समुह, हरियाली आमा समुह र परिवर्तनसिल स्वास्थ आमा समुह लगाएतले आफ्नो प्रस्तुति देखाएका थिए ।
खेल प्रतियोगिता सुद्द वडा स्तरीय बनाइएकोमा १४ वटा टिमले आफ्नो टिम दर्ता गरेको छ, जसमा सानोभेरी गाउँपालिका बाट चार वटा समुह, मुसिकोट नगरपालिका बाट दुई वटा समुह र चौरजहारी नगरपालिका बाट आठवटा समुह रहेको कार्यक्रम सयोजक लोकेन्द्र खत्रीले बताउनु भयो ।
उद्घाटन समारोह कार्यक्रम सकिय लगतै आयोजनज ए टिम र चौरजहारी सात बिच खेल खेलाइएको थियो, जुन खेल आयोजक ए ले हात पारेको हो ।
जसको बलिङ(सर्भि्भ) नगरप्रमुख वादीले गर्नुभएको हो । यसका साथै बाकी खेल भने आइतबार देखि खेलाइने आयोजक लोकेन्द्र खत्रीले बताउनु भयो । उद्घाटन समारोहको कार्यक्रम उद्घोषन जिवन केसिले गर्नु भएको थियो ।