Ad imageAd image

सुदूरपश्चिमकाे मुख्यमन्त्री पदका लागि दाबी पेश गर्ने आज अन्तिम दिन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागि दाबी पेश गर्ने समय सीमा आज बेलुका ५ बजे सकिँदैछ । मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत जुटाउन नसकेर पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नका लागि १० दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

प्रदेश प्रमुखले तोकेको समय सीमा आज बेलुका सकिने भए पनि अहिलेसम्म कसैले पनि मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्नुभएको छैन ।

सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलेमध्ये दुई वा सोभन्दा बढी दलहरुको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तका लागि दाबी पेश गर्न आह्वान गरिएको थियो ।

नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम मुख्यमन्त्री दिने केन्द्रमा गठबन्धन दलहरुबिच सहमति भए पनि नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक विवादका कारण सो पार्टीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने सदस्यको नाम अगाडि बढाएको छैन ।

- Advertisement -
Ad imageAd image

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश दलका नेता घनश्याम चौधरीलाई जिम्मेवारीबाट हटाउनुका साथै प्रदेश सभा सदस्यबाटै तीन महिनाको लागि निलम्बन गरे पनि त्यो निस्प्रभावी रहेको प्रदेश सभाले ठहर गरेको छ ।

अध्यक्ष चौधरीले कैलाश चौधरीलाई संसदीय दलको नेता नियुक्त गरे पनि त्यो कायम नभएको भन्दै प्रदेश सभाले घनश्याम चौधरीले नै संसदीय दलको नेताको रुपमा कामकाज गर्न सक्ने जनाएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतको सरकारको गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ ।

गठबन्धनसँग नेकपा (माओवादी केन्द्र) का १०, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका छ र नेकपा (एकीकृत समाजवादी) का चार गरी ३० जना प्रदेश सभा सदस्य छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
light rain
24° _ 24°
32%
2 km/h
सोम
26 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ