थाइल्यान्डका नेपाली युवा व्यवसायी ओलीलाई `याेङ एचिभर´अवार्ड

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक । थाइल्यान्डमा बसेर व्यवसाय गर्दै आइरहेका नेपाली युवा व्यवसायी लोकेन्द्र ओलीले `याेङ एचिभर´अवार्ड प्राप्त गर्नु भएको छ । ग्लोबल पार्लियामेन्टद्वारा बैंककमा आयोजित दुई दिने सम्मेलनमा रूकुम घर भएका नेपाली युवा व्यवसायी ओलीले उक्त अवार्ड प्राप्त गर्नु भएको हो ।

परदेशमा रहेर नेपालको सामाजिक सेवामा सक्रिय ओली गैरआवासीय नेपाली संघ एनआरएनएमा पनि आबद्ध हुनुहुन्छ।

बैंककस्थित सुकुम्बितमा आयोजित समारोहमा थाइल्यान्डको प्रतिनिधिसभा सांसद सुपाकोन तांगटिफाईबुँतना र डिफेन्स कमिसनका अध्यक्ष वीरोज लाखनाडिसोरान र युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले ओलीलाई मेडल र प्रमाणपत्रसहित अवार्ड प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विभन्न देशबाट प्रतिनिधित्व गरेका युवाहरूलाई पनि अवार्ड प्रदान गरिएको थियो । ग्लोबल युथ पार्लियामेन्ट अवार्ड सन् २०१७ देखि सुरूवात भएको हो ।

यो हरेक वर्ष हुँदै आएको छ । युवा सम्मेलनमा ८२ भन्दा बढी देशका युवाहरुको सहभागिता रहेको थियो । युथ पार्लियामेन्ट युवाहरूले आफ्नो आवाज बुलन्द गर्ने प्लेटफर्म हो ।

नेतृत्व विकास, युवा सशक्तीकरण, जलवायु परिवर्तनले युवामा पारेको असरलगायत वैश्विक समस्याबारे छलफल हुने गर्छ ।

यसपटक एआई प्लेटमफर्मको विकास, जलवायु परिवर्तनले युवाहरूमा पारेको प्रभावबारे छलफल भएको अध्यक्ष दिवाकर अर्यालले जानकारी दिनुभयो।

सेयर: 37
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ