सन्दिप लामिछाने प्रकरणः पीडितको जन्मदर्ताको निवेदन झिकाउन उच्च अदालतको आदेश

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ ।

न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश गरेको हो ।

उच्च अदालतले १८ पुस २०७५ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।

उनले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गरेका छन् । पीडित गौशाला २६ ले लामिछानेमाथि नाबालिका बलात्कारको आरोपमा थप सजाय हुनुपर्ने माग गरेकी छन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
77%
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ