जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर। मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा आज जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै छ ।

चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको भीडभाड छ ।

रामनवमीको अवसरमा जानकी मन्दिरले दिउँसो जन्मआरती भु बधाई गान र रातिमा समेत बधाई गान हुने सह महन्त रामरोशन दासले बताए ।

त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भग्वान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । आजको दिन रामको स्मृतिमा हिन्दुधर्मावलम्बीहरुले पवित्र नदी, ताल तथा कुण्डहरुमा स्नान ध्यान एवं ब्रत बस्ने गर्दछन् ।

भगवान विष्णु सातौं अवतारको रुपमा अयोध्याका राजा दशरथको जेष्ठ पुत्रको रुपमा जन्म लिएका रामको विवाह मिथिलाका राजा जनककी सुपुत्री सीतासँग भएको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ