Ad imageAd image

विपिन जोशीको रिहाइका लागि कतारका राजासँग कुरा राख्छौंः प्रधानमन्त्री

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनको विद्रोही समूह हमासको बन्धकमा रहेका विपिन जोशीको रिहाइका लागि कतारका राजासँग कुरा राख्ने बताएका छन्।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि मंगलबार आउँदैछन्।

आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कतारका अमिरको सोही भ्रमणको समयमा विपिन जोशीको रिहाइका विषयमा कुरा राख्ने बताएका हुन्।

‘केही दिनभित्रै कतारका राजा अमीर औपचारिक राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ। हामीले एउटा एजेण्डा विपिन जोशीको रिहाईमा उहाँहरूले खेल्न सक्ने भूमिकालाई पनि बनाएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्री प्रचण्डले आज बिहानै आफूले कुवेतको एउटा टिभीलाई अन्तर्वार्ता दिएको र विपिन जोशीको रिहाइका निम्ति कतारले खेल्न सक्ने भूमिकाको बारेमा स्पष्ट पारेको बताए।

अक्टोरबर ७ मा हमासले इसराइलमा आक्रमण गर्दा सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इसराइल पुगेका १० नेपाली विद्यार्थी मारिएका थिए।

सोही दिन हमासले विपिन जोशीलाई बन्धक बनाएर गजा पुर्‍याएको थियो।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
broken clouds
27° _ 27°
54%
शनि
29 °C
आइत
30 °C
सोम
31 °C
मंगल
31 °C
बुध
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ