राष्ट्रपति पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबिच द्विपक्षीय भेटवार्ता सुरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबिच राष्ट्रपति भवन शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।

सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्नुहुँदा उहाँलाई राष्ट्रपति पौडेलले स्वागत गर्नुभएको थियो ।

सो भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी हुनुहुन्छ ।

साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलको समेत सहभागिता छ । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न नेपाल आइपुग्नुभएको हो ।

राष्ट्रपति पौडेलले कतारका अमिर शेखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाट कतारका अमिर शीतल निवास पुग्नुभएको हो ।

कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिर थानी आजै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्नुहुने रात्रि भोजमा सरिक हुनुहुनेछ ।

सेयर: 27
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
haze
20° _ 20°
64%
1 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ