उप निर्वाचन:इलाममा उम्मेद्वार अन्तिम चुनावी प्रचारमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इलाम । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि दलहरुले आज अन्तिम चुनाबी सभाको आयोजना गरेका छन् । निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवारको बुधबार प्रचार-प्रसारलागि अन्तिमरूप दिन लागेका हुन ।

राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएपछि आज अन्तिम चुनावी सभामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार सहभागी छन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहितका चार दलले बुधबार चुलाचुलीमा चुनावी सभा गरिरहेका छन्। एमालेको चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले देउमाई नगरपालिकाको मंगलबारेमा चुनावी सभा गरिरहेको छ। यो सभालाई सम्बोधन गर्न रास्वपाका सभापति रवि लामिछाने, उप-सभापति स्वर्णिम वाग्ले सहित केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

नेपाली कांग्रेसले भने बुधबार कतै पनि चुनावी सभा राखेको छैन। बुधबार बेलुका पाँच बजेपछि सदरमुकाममै घरदैलो कार्यक्रम रहेको बताएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले पनि आज चुलाचुलीमा चुनावी सभा आयोजना गरेको जनाएको छ। सभालाई समाजवादीका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सम्बोधन गर्ने कार्यक्रम छ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
34%
2 km/h
सोम
17 °C
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ