Ad imageAd image

‘गार्डेन अफ ड्रिम्स’मा रहेकाे क्याफेकाे भाडा तिर्न द द्वारिकाजलाई अल्टिमेटम

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौंको केशरमहलस्थित स्वप्न बगैंचा (गार्डेन अफ ड्रिम्स) मा क्याफे सञ्चालन गर्ने व्यवसायीबाट भाडावापत सरकारले झण्डै एक करोड रुपैयाँ लिन बाँकी रहेको खुलेको छ ।

क्याफे सञ्चालन गर्ने द द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट प्रालिले ९५ लाख ५९ हजार २९३ रुपैयाँ भाडा नबुझाएको भन्दै गार्डेन अफ ड्रिम्स विकास समितिले मंगलबार एक सूचना जारी गरेको छ । उक्त सूचनामा क्याफे सञ्चालक द्वारिकाजलाई ५ दिनभित्र रकम तिर्न म्याद दिइएको छ ।

स्वप्न बगैैंचामा क्याफे चलाउन समिति र द द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट प्रालिबीच २२ माघ ०७२ मा ५ वर्षसम्मका लागि सम्झौता भएको थियो । समितिका एक कर्मचारीका अनुसार द द्वारिकाजले समितिसँग मासिक ११ लाख रुपैयाँ बुझाउने गरी सम्झौता भएको थियो ।

सम्झौताको अवधि ०७७ सालमै सकिएको छ भने त्यहाँ क्याफे चलाउन अर्को कम्पनीले ठेक्का पाइसकेको छ । ती कर्मचारीका अनुसार द्वारिकाजले १० महिनाको भाडा बुझाउन बाँकी छ । ‘बक्यौता भाडा नै करोड नाघिसकेको थियो । अरु बक्यौता बैंक ग्यारेन्टीबाट हामीले तानिसकेका छौं । त्यति गर्दा पनि अझै १० महिनाको भाडा बाँकी भएको हो’, उनले भने, ‘अहिले त्यही बक्यौता उठाउन सूचना जारी गरेका हौं ।’

- Advertisement -
Ad imageAd image

समितिले बक्यौता रकम उठाउन एक वर्ष अघिदेखि नै पटकपटक पत्राचार गर्दैै आएको थियो । समितिले ५ भदौ ०७९ देखि २४ फागुन ०८० सम्म पहिलो पटक २१ दिन, दोस्रो पटक १५ दिन, तेस्रो पटक ७ दिन र चौंथो पटक पुनः ५ दिन समय सीमा तोकेर बक्यौता भाडा बुझाउन पत्राचार गरेको थियो ।

पटकपटक पत्राचार गर्दा पनि बक्यौता भाडा बुझाउन आनाकानी गर्दै आएपछि समितिको २ वैशाखमा बसेको बैठकले द द्वारिकाजलाई अन्तिम अवसर भन्दै सूचना प्रकाशन गरेको हो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराका छोरा केशरशमशेर जबराको नाममा उक्त महलको नाम राखिएको हो । केशरमहलको ३४ रोपनी जग्गा १ साउन २०२६ मा केशरशमशेर परिवारले सरकारलाई हस्तान्तरण गरेको थियो ।

केशरमहलमा रहेको पुस्तकालय २०७२ सालको भूकम्पले भत्काएको थियो । त्यहाँको बगैंचालाई गार्डेन अफ ड्रिम्स अर्थात् स्वप्न बगैंचाका नामले चिनिन्छ । केशरमहल दरबार सरकारको नाममा आएको २ वर्षपछि २०२८ सालदेखि सर्वसाधारणले प्रवेश पाएका थिए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
clear sky
28° _ 28°
29%
2 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ