दाङ तुलसीपुर । नेकपा माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा मोहन थापालाई चयन हुनुभएको छ । बिहीबार तुलसीपुरमा भएको पार्टीको पूर्ण बैठकले थापालाई अध्यक्षमा चयन गरेको हो । थापा यस अघि उपाध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै उपाध्यक्षहरुमा तुलाराम भण्डारी, भिम चौधरी र अमर नेपाली‘माइकल’ चयन हुनुभएको छ ।
भण्डारी यस अघि सचिब हुनुहुन्थ्यो, भने चौधरी सहसचिब तथा माईकल कोषाध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै सचिबमा शसिकिरण ढकाललाई चयन गरिएको छ ।
उहाँ यस अघि कार्यालय सदस्य हुनुहुन्थ्यो। पार्टीको दोहोरो जिम्मेवारीमा रहन नहुँने पार्टीको विधान अनुरुप आगामी अधिवेशनसम्मका लागि नयाँ कमिटि चयन गरिएको हो ।
पार्टी नगर अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा केन्द्रीय कमिटि सदस्य जगप्रसाद शर्मा‘अपार’को प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । त्यस अवसरमा प्रमुख अतिथि शर्माले बामपन्थी शक्ति निर्माणकालागि जनमत पनि निर्माण गर्नुपर्नमा जोड दिनु भयो।
उहाँले जनमतबिना बामपन्थी शक्ति निर्माण नहुँने समेत बताउनु भयो । सामाजिक ब्यक्तीहरुको सहभागिताविना बामपन्थी शक्ति बलियो हुन नसक्ने उहाँको भनाई थियो।
त्यस्तै बिशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य धनबहादर मास्की‘राजेश’ले पार्टीमा एकता आबश्यक हुने बताउनु भयो ।
बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, दाङ जिल्ला सहइन्चार्ज रामबहादुर दहित, जिल्ला समन्वय समिति संयोजक हरिमान पुन‘बरुण’, तुलसीपुर नगर इन्चार्ज डिल्ली अधिकारीलगायतले आफ्नो भनाई राख्नु भयो। बैठकको सहजीकरण सचिब तुलाराम भण्डारीले गर्नू भएको थियो ।