काठमाडौँ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका एक व्यक्ति भेरी नदीमा बेपत्ता भएका छन् । उनको खोजी भई रहेको प्रहरीले जनाएको छ ।
उनी अझै भेटिएका छैनन्। चौरजहारी ९ कोटजहारी बस्ने ६१ वर्षीय नारायण खड्का १२ वैशाखमा मलामी गएको बेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जनाको गोताखोर टोली खोजीका लागि खटिएको छ। भोलि बिहानैदेखि पुनः खोजी सुरु गर्ने प्रहरीले जनाएको छ ।