ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४: सुष्मा श्रेष्ठलाई स्वर्णपदक

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपालकी सुष्मा श्रेष्ठले आइतबार २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा स्वर्णपदक जितेकी छन् । जापानको ओसाका सहरमा रहेको साकाइस्थित ओहामा स्टेडियममा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, छ रजत र चार काँस्यसहित कुल ११ पदक हासिल गर्यो ।

नेपाललाई एक मात्र स्वर्ण पदक दिलाउने सुष्मा ६२ केजीमुनि तौल समूहमा च्याम्पियन बनेकी हुन् । उनले फाइलमा जापानकी उमेकावा आयुमीलाई १२–९, ३–० ले हराइन् ।

साग स्वर्णधारी वीरबहादुर महरा भने जापानकी खेलाडीसँग हारेर रजत पदकमा चित्त बुझाउन बाध्य भए । ७४ केजी मुनि तौल समूहमा महराले जापानका कुरोडा कोहेलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

तर महरा उपाधि भिडन्तमा जापानकै ताकाटो काटोसँग ८–१७, ५–४ स्तब्ध भए ।यसैगरी श्रीकृष्ण खड्का, निरज देउवा, शानी राना मगर, राहुल कुमाल र रौनक गिरीले पनि रजत पदक जितेका छन् ।

८७ केजी मुनि श्रीकृष्ण फिलिपिन्सका जुलियस फ्रान्क तानो, ८७ केजी माथि निरज जापानका मिनागावा तोरु र राहुल कुमाल जापानका साइतो सोसँग फाइनलमा पराजित भए ।

महिला ७३ केजी मुनि शानी जापानकै उमेकावा आयोमीसँग हारेर स्वर्ण पदकबाट वञ्चित भइन् । क्याडेट पुरुष पुम्सेमा जापानका खेलाडीसँग हारेर रौनक दोस्रो भए । यसैगरी ६८ केजी धनबहादुर तामाङ र राजन भण्डारीले काश्य पदक जितेका छन् ।

नेपाल टिमका पुरुष प्रशिक्षक भजिन्द्र बहादुर क्षेत्रीले यस प्रतियोगितामा नेपालले यो भन्दा बढी स्वर्णपदकको अपेक्षा गरेको भए पनि समग्रमा खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
6 km/h
शनि
18 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ