सत्य निरुपण आयोगमा ६३ हजार ७१८ वटा उजुरी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, वैशाख २० गते । सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराउनुभएको हो ।

उहाँकाअनुसार एउटै घटनाको उजुरीहरू धेरै छन् ।एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरीहरू पनि हुनसक्ने बताउनुभयो । उहाँले उजुरीभन्दा पनि घटनाका विषयहरूलाई हेरेर जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले जिल्लाको तहमा हेर्दा सल्यानमा पाँच हजार ५०२ वटा उजुरी परेको बताउनुभयो । सचिव सापकोटाले अछाम र कपिलवस्तुमा चार हजारभन्दा बढी उजुरी परेको र तीन हजारभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजारभन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताउनुभयो ।

उहाँले एक हजार माथि उजुरी भएका जिल्ला १३ वटा रहेको बताउनु भयो । उहाँले सामान्य प्रकृतिका उजुरीहरू बढी रहेको पनि बताउनुभयो । उहाँले अहिले दुई हजार २६८ उजुरीहरू तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको बताउनुभयो ।

उहाँले घटना किन भयो र त्यो घटना हुनुको पछिको तात्पर्य के हो भनेर हेर्न उजुरीहरूको निरूपण हुन जरुरी रहेको बताउनुभयो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
49%
3 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ