कोरियामा सेवा क्षेत्रको रोजगारीका लागि ३ हजार ५२८ जनाको आवेदन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । कोरियन भाषा परीक्षा ९ईपीएस टपिक० उत्तीर्ण गरेका ३ हजार ५२८ जनाले रोस्टर परिवर्तन गर्न आवेदन दिएका छन् । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरूले ‘सर्भिस सेक्टर’ मा रोस्टर परिवर्तन गर्न आवेदन दिएका हुन् ।

ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले एचडीआर सर्भिसबाट प्राप्त पत्र अनुसार २०२४ डिसेम्बर ३१ सम्म रोस्टर अवधि रहेकाहरूले कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक क्षेत्रबाट सर्भिस सेक्टरका परिवर्तन गर्न सूचना प्रकाशन गरेको थियो ।

१४ देखि १८ वैशाखसम्म झण्डै ३५ सय जनाले यसका लागि आवेदन दिएका हुन् ।मानव संशाधन विकास एचआरडी कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेहरुको ९ हजार ४२८ जनाको नामावलीसहितको तालिका पठाएको थियो ।

पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न भने नपाइने भनिएको छ । सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप हुने छैन ।

अघिल्लो रोस्टरको बाँकी अवधि बराबर नै हुने छ ।भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौं युवाहरुले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याललाई अनुरोध गरेका थिए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
88%
2 km/h
शुक्र
24 °C
शनि
20 °C
आइत
22 °C
सोम
24 °C
मंगल
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ