जापान पठाउने भन्दै दुई करोड ६८ लाख ठगी गर्ने दुई जना पक्राउ

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

facebook sharing button
sharethis sharing button

काठमाडौँ । जापान पठाइदिने प्रलोभनमा दुई सयभन्दा बढी मानिससँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरूले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे छन् ।

श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ का हुन् भने पाण्डे झापा गौरादह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताउनुभयो ।

रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैङ्क समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायणबहादुर राईको राखेको साथ केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैङ्कले भेरिफाई नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरूबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरू निकाली दुरुपयोग गरेको देखिएको बताउनुभयो ।

उनीहरूले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको, सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिब १०० जनाबाट दुई करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको बताउनुभयो ।

त्यस्तै निज राजन श्रेष्ठलाई यही वैशाख २० गते काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौँ कामनपा २९ बाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ