Ad imageAd image

वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले टी–२० शृंखलाअन्तर्गत अन्तिम खेल आज खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँचौं खेल १२:१५ बजेबाट सुरू हुने छ। 

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३-१ ले जितिसकेको छ। यो शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको हो।  

नेपालले गत शनिबार पहिलो खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। त्यसपश्चात आइतबार दोस्रो खेलमा १० रन, बुधबार भएको तेस्रो खेलमा ७६ रनले नेपाल पराजित भएको हो।

आईसीसी टी–२० विश्वकपको तयारीका लागि नेपालले वेस्ट इन्डिजसँग टी–२० शृंखला खेलिरहेको हो। आजको खेलपश्चात नेपाली टोली आईसीसी टी–२० विश्वकप खेल्नका लागि प्रस्थान गर्नेछ। विश्वकप अघि नेपाली टोलीले वेस्ट इन्डिजमा पनि अभ्यास गर्नेछ।

- Advertisement -
Ad imageAd image

नेपालले अर्को महिना हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरिसकेको छ। क्यानले विश्वकप खेल्न जाने टोलीलाई शुक्रबार बिदाई गरेको थियो। नेपाली टोली १० वर्षपछि विश्वकप खेल्न लागेको हो। 

विश्वकप २ जुनदेखि सुरु हुनेछ । नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । नेपालको समूह डी मा नेदरल्यान्ड्स,दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
moderate rain
23° _ 23°
73%
1 km/h
शुक्र
23 °C
शनि
30 °C
आइत
32 °C
सोम
30 °C
मंगल
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ