कालोपत्र गरेको मनाङको हुम्डे विमानस्थल प्रयोग विहीन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा नौ करोड रुपियाँ खर्च गरेर कालोपत्र गरेको मनाङको हुम्डे विमानस्थल प्रयोगविहीन भएको छ ।

कालोपत्रे भए पनि सञ्चालनमा आउन नसकेका विमानस्थल नौवटा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जसमध्ये मनाङको हुम्डे विमानस्थल पनि एक हो ।

हुम्डेलगायत बागलुङ विमानस्थल, रुकुमको चौरजहारी, खोटाङको लामीडाँडा, डोल्पाको मसिनेचौर, कालीकोटको सुनथराली छन् । सडक यातायातको पहुँच, छोटो धावनमार्ग, साना जहाजको कमी र महँगो हवाई भाडाका कारण विमानस्थल उपयोगमा आउन नसकेको हो ।

करोडौं रुपियाँ खर्चेर निर्माण गरिएको भवन बेकामे भएको छ भने विमानस्थल परिसरमा रहेका ट्रली, डोजरलगायतका साधन काम नलाग्ने बनेका छन् ।

विकट हिमाली क्षेत्रमा यातायातको भरपर्दो साधनका रुपमा रहेको विमानस्थल सञ्चालनमा नआउँदा हेलिकोप्टरमा लाखौं रुपियाँ तिरेर बिरामीलाई उपचारका निम्ति लैजानुपर्ने बाध्यताबाट मनाङीहरु अझै पनि मुक्त हुन सकेका छैनन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
100%
शुक्र
27 °C
शनि
27 °C
आइत
27 °C
सोम
22 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ