लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गर्नुभयो ।

सो क्रममा मन्त्री भण्डारीले नेपालमा लागनीको वातारण सहज बनाउन आयोजना गरिएको लगानी सम्मेलन-२०८१ का क्रममा नीतिगत सुधार तथा कानुन परिमार्जन गर्नका लागि लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरिएको बताउनुभयो ।

सो समयमा संसद् अधिवेशन चालु नभएकाले अध्यायदेश ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । प्रस्तुत विधेयकले स्टार्टअप उद्योग दर्ता, उद्योगको सञ्चालन म्याद थप, विदेशी लगानी प्रविधि हस्तान्तरण गर्ने विषयमा थप स्पष्टता, करारमा वस्तु उत्पादन गर्ने विषय र विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलियतलाई वृद्धि गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
82%
2 km/h
शनि
23 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
बुध
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ