काभ्रेको महाभारत गाउँपालिका ४ मा एक दम्पती मृत फेला

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका ४ महादेवटारमा एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार स्थानीय अन्दाजी ६० बर्षका मानबहादुर बल र उहाँकी ५० बर्षीया श्रीमती केकाइमाया बल मृत अवस्थामा फेला पर्नुभएको हो ।

आज स्थानीयबासीहरुले गर्ने ठाकुर पूजामा सहभागी नभएपछि छिमेकीले किन आएन भनेर फोन गरेको र फोन नउठेपछि पूजामा आएको बोकाको मासुको भाग लिएर उहाँहरुको घर जाँदा बल दम्पती मृत अवस्थामा फेला पर्नुभएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

उहाँले बल दम्पतीको टाउकोमा हम्मर प्रहार गरिएको पाइएको बताउनुभयो । घटनाको प्रकृति र घटनास्थलमा फेला परेको हम्मरले बल दम्पतिको हत्या भएको हुन सक्ने बताउनुभयो ।

बल दम्पतीको उहाँहरुले सन्चालन गर्दै आएको पसलमा मृत अवस्थामा फेला पर्नुभयो । गाउँपालिका अध्यक्ष जिम्बाले श्रीमतीको शव रहेको कोठामा बाहिरबाट र श्रीमान भएको कोठामा भित्रबाट चुकुल लगाइएको र झ्याल खुल्ला रहेको बताउनुभयो ।

मृतक दम्पतीका तीन छोरा र एक छोरी काठमाडौं बस्ने गरेकाले गाउँमा उहाँहरु दुई जना मात्र बस्दैआएको गाउँपालिका अध्यक्ष जिम्बाले बताउनुभयो ।

घटनापछि ईलाका प्रहरी कार्यालय देवीटार, प्रहरी चौकी फोक्सिङटारको प्रहरी घटनास्थल पुगेको छ भने जिल्लाबाट प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठको नेतृत्व र ईलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
72%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ