Ad imageAd image

वर्तमान सरकार स्वतन्त्र सामुदायिक रेडियोको विकास तथा दिगोपनका लागि सदैव प्रतिबद्ध छ : प्रधानमन्त्री

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार स्वतन्त्र सामुदायिक रेडियोको विकास तथा दिगोपनका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथाको २८औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले रेडियो सगरमाथाले सामुदायिक प्रसारण सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

“दक्षिण एसियाकै पहिलो स्वतन्त्र, सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफएम १०२ थोप्लो ४ मेगाहर्जको २८औँ स्थापना दिवसको जानकारी पाउँदा आफूलाई खुसी छ ।

रेडियो सगरमाथाले सामुदायिक प्रसारण सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गरेको छ । साथै सूचना सम्प्रेषणका क्षेत्रमा पुर्‍याएको योगदान उदाहरणीय छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।सन्देशमा उहाँले नेपालको अग्रगामी राजनीतिक परिवर्तन, द्वन्द्वको व्यवस्थापन, शान्ति स्थापना, समतामूलक समाज निर्माण, सामाजिक न्याय, लोकतान्त्रिक संस्कारको प्रवर्द्धन, विधिको शासन, दिगो विकास, वातावरण संरक्षण, मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालगायत क्षेत्रमा रेडियोले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभएको। छ ।

मुलुकले सामना गरिरहेका विद्यमान समस्या तथा तिनको समाधानका उपायसमेत जनतासम्म पुर्‍याउन रेडियो सगरमाथाको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । रेडियो सगरमाथाले आज जेठ ९ गते आफ्नो २८औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
75%
1 km/h
बुध
29 °C
बिहि
30 °C
शुक्र
30 °C
शनि
31 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ