Ad imageAd image

शीर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । शीर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको हो। छलफलपछि बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले छलफल सकारात्मक रहेको बताउनुभयो।

उहाँले सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय समितिको कार्यादेश बनाउने बारेमा पनि छलफल भएको र काँग्रेसको प्रस्तावअनुसार व्यक्तिको नाम भने किटान नगरी संस्थाको नाम राखेर अघि बढ्न सकिने गरी छलफल भएको बताउनुभयो।उहाँले भन्नुभयो, ‘‘हामीले संसद गतिरोध अन्त्य गर्ने सम्बन्धमा विशेष गरी क्षेत्राधिकार निर्माणका केही कामहरु गरिरहेका थियौँ।

शीर्ष नेताहरुलाई पनि केही विषयहरु जानकारी गराउनुपर्ने थियो। कार्यदलमा रहेका नेपाली काँग्रेसका सदस्यले जे प्रस्ताव ल्याउनुभएको छ, त्यस सन्दर्भमा नेपाली काँग्रेसका शीर्ष नेताहरुको बिचमा र सत्ता पक्षको बिचमा एउटा छलफल गर्दा उपयुक्त हुन्छ भनेर बैठक बसेका हौँ। बैठक सकारात्मक छ।

हाउसको गतिरोध अन्त्य गर्न टिओआर निर्माण गर्न कठिनाइ भइरहेको छ, यसमा सहजीकरण आफ्नो आफ्नो तरिकाबाट गर्ने भन्ने छ। सत्ता पक्षबाट लचकता भएको छ। व्यक्तिको नाम किटान गर्ने कुरा सम्भव हुँदैन। अरु विषयमा संसदीय गरिमा कायम राख्ने गरी भुमिका निर्वाह गर्न आग्रह गरेका छौँ।’’

- Advertisement -
Ad imageAd image

प्रमुख सचेतक बर्तौलाले काँग्रेस आजको बैठकबाट सकारात्मक रुपमा बाहिरिएको बताउनुभयो। उहाँले शनिवार ३ बजे बस्ने बैठकमा काँग्रेस सकारात्मक भएर आउने विश्वास रहेको बताउनुभयो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, काँग्रेस महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, एमाले प्रमुख सचेतक महेश बर्तौलालगायत उपस्थित हुनुहुन्थ्यो।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
83%
4 km/h
बुध
22 °C
बिहि
24 °C
शुक्र
27 °C
शनि
27 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ