विश्वप्रकाशले भने: काँग्रेसका नेतामाथि छानबिन गरौं

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसका नेतामाथि लगाइएको आरोपमाथि छानबिन गर्न चुनौती दिनुभएको छ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि-स्टेटको जग्गामा काँग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानबिन समिति बनाउन चुनौती दिनुभएको हो।

उहाँले नेपाली काँग्रेसका नेता छानबिनको दायरामा आउन तयार रहेको बताउनुभयो। उहाँले गृहमन्त्री रवि लामिछानेले काँग्रेसका नेतामाथि संसदमा बोलेरै आरोप लगाउनुभएको भन्दै त्यसमा सबैमाथि छानबिन गर्न आफूहरु तयार रहेको बताउनुभयो।

उहाँले काँग्रेस पार्टी सभापतिदेखि महामन्त्रीसम्म र दाजुदेखि भाउजूसम्म छानबिन गर्न तयार रहेको भन्दै कसलाई छानबिन गर्ने हो भन्दै प्रश्नसमेत गर्नुभयो। उहाँले प्रत्येक व्यक्तिमाथि नाम, थर, गोत्र, वतन, ठेगाना सबै लेखेर छानबिन गरे पनि आपत्ति नभएको बताउनुभयो।महामन्त्री शर्माले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारी बन्धु गठबन्धन भएको टिप्पणी गर्नुभयो।

एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने सहमतिका साथ यो गठबन्धन अगाडि बढिरहेको उहाँले बताउनुभयो।

उहाँले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति पनि विरोध जनाउनुभयो। सिरोहियाले नागरिकता प्रकरणको छानबिनमा सहयोग गर्न तयार रहेको कुरा सार्वजनिक रुपमा भन्दाभन्दै गिरफ्तार गरिएको भन्दै गृहमन्त्रीमाथि असन्तुष्टि व्यक्त गर्नुभएको हो।

सेयर: 12
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
clear sky
26° _ 26°
38%
आइत
30 °C
सोम
32 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ