Ad imageAd image

‘सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गर्छौ’

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सङ्घीय संसदका दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलत कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गरिने कार्यदलका एक जना सदस्यले बताउनुभएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरोध गरेपछि छानबिन समिति गठन गर्न एक साताअघि समझदारी भए पनि समितिको कार्यदेशबारे टुङ्गो नलाग्दा गतिरोध कायम छ ।

आज हुने कार्यदलको बैठकमा सहमतिका निम्ति हदैसम्म लचिलो हुने नीति सरकारले लिएको कार्यदलका सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

प्रमुख दलका शीर्षनेताहरुबिच संसद्को गतिरोध हटाउने विषयमा शुक्रबार भएको छलफल सकारात्मक दिशामा उन्मुख भएपछि कार्यदलमा पनि सहमति हुने सङ्केत मिलेको हो ।

कार्यदलका सदस्य बर्ताैलाले आज दिनभर आफूहरु औपचारिक एवम् अनौपचारिक छलफलमा जुट्ने र सहमतिका निम्ति भगीरथ प्रयास गर्ने बताउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले सहकारीको रकम अनियमिततामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विगतमा जोडिएको सन्दर्भमा उहाँको नाम उल्लेख नगरी उहाँ जोडिएका सहकारीका नाम उल्लेख गरेर छानबिनको कार्यादेश निर्धारण गर्न प्रमुख प्रतिपक्षी दल लचिलो भएको जनाउनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
scattered clouds
24° _ 24°
57%
1 km/h
बुध
27 °C
बिहि
27 °C
शुक्र
24 °C
शनि
28 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ