Ad imageAd image

बाँकी रहेको आइपिभी खोप प्रयोग गर्न निर्देशन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । परिवार कल्याण महाशाखाले पाँच मात्राको आइपिभी खोप भायलमा बाँकी रहेको खोप प्रयोग गर्न निर्देशन दिएको छ ।महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा.अभियान गौतमले ७७ वटा जिल्लाका स्वास्थ्य कार्यालय, जनस्वास्थ्य कार्यालय स्वास्थ्य सेवा कार्यालयलेमा पत्राचार गर्दै यस्तो निर्देशन दिनुभएको हो ।

सरकारले यही जेठ १३ देखि २६ गतेसम्म २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका करिब १४ लाख बालबालिकालाई लक्षित गर्दै पोलियोविरुद्धको आइपिभी खोप अभियान सञ्चालनमा ल्याएको छ ।सोही अभियानमा खोप भायलमा पाँच मात्राभन्दा बढी भएको बाँकी रहेको खोप प्रयोग गर्ने वा नगर्ने भन्ने विषयमा द्विविधा भएकाले यस्तो निर्देशन दिएको डा.गौतमले जानकारी दिनुभयो ।

डा.गौतमका अनुसार अभियानमा सरकारले २.५ मिलीको आइपिभी खोप उपलब्ध गराएको छ । जुन तोकिएको उमेर समूहलाई ०.५ मिली दिनुपर्ने हुन्छ । उहाँ भन्नुभयो, ‘‘सरकारले उपलब्ध गराएको २.५ मिली भायलबाट पाँच मात्र खोप लगाएर पनि ०.५ मिली बाँकी रहेमा अर्को बालबालिकालाई दिनुपर्छ ।’’

- Advertisement -
Ad imageAd image

यदि त्यो भायलमा पाँच मात्रा लगाएर ०.५ मिली नपुग्ने खोप बाँकी रहेमा अर्को भायलमा नमिसाउन डा.गौतमको सुझाव छ ।उहाँ भन्नुहुन्छ, ‘‘उक्त भायलमा ०.५ मिली पुगेन अर्को भायलमा मिसाउन हुँदैन । बाँकी भएको खोप सिरिन्जसहित सेफ्टी बक्समा विसर्जन गर्नुपर्छ ।’’

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
26%
2 km/h
बिहि
33 °C
शुक्र
33 °C
शनि
33 °C
आइत
32 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ