Ad imageAd image

गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

टीकापुर (कैलाली), १७ जेठः तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन् । बुधबार कैलालीको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको छ । कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् ।

बुधबार धनगढीको तापक्रम ४३ दशमलव ३६ डिग्री तापक्रम मापन गरिएको छ । मङ्गलबार ४२ डिग्री सेल्सियस मापन भएको कैलालीको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा सो डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले जानकारी दिनुभयो । कैलालीमा बुधबार २८ वर्षपछि उच्च तापक्रम मापन भएको उहाँको भनाइ छ ।

गत वर्ष कैलालीमा ४१ डिग्री सेल्सियस उच्च तापक्रम रेकर्ड भएको थियो । गर्मी बढ्न थालेपछि स्थानीय तहले विद्यालय बन्द गर्न थालेको हो । कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिकाले आजदेखि २१ गते सोमबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । दैनिक रूपमा गर्मी बढिरहेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरेर चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको स्थानीय पालिकाले जनाएका छन् । टीकापुरका संस्थागत विद्यालयले भने आजदेखि २६ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरेका छन् । गर्मीले विद्यार्थी नियमित विद्यालयमा उपस्थित नहुने र बिरामी बढ्दै जान थालेकाले विद्यालय बन्द गर्नुपरेको टीकापुर प्याब्सनका अध्यक्ष मानबहादुर थापाले बताउनुभयो । “विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थाल्यो, आएकाहरूमा पनि स्वास्थ्य समस्या देखिन थाल्यो”, थापाले भन्नुभयो, “थप स्वास्थ्य समस्या हुनुभन्दा विद्यालय बन्द गर्न उचित ठानेर नगरपालिकासँगको समन्वयमा बिदा दिएका हौँ ।” टीकापुरका सामुदायिक विद्यालयमा जेठ २७ गतेदेखि बर्खे बिदाको तयारी गरिएको थियो । शिक्षक महासङ्घ टीकापुरका नगर अध्यक्ष रघुनाथ उपाध्याय भने सरकारले बिदा दिनुभन्दा विकल्प खोज्नुपर्ने सुझाव दिनुहुन्छ । “विद्यालय सुविधासम्पन्न बनाउनुपर्छ, टिनका छाना हटाउने, हरेक कक्षाकोठामा पङ्खा, बिजुलीको सुविधा गर्नुपर्यो”, उहाँ भन्नुहुन्छ, “बालबालिकाका लागि वातावरण अनुकूलित वातावरण बनाउनतर्फ ध्यान जानुपर्छ ।” कैलालीको जानकी र जोशीपुर गाउँपालिकाका विद्यालय भने बिहान सञ्चालनमा छन् । भजनी नगरपालिकामा भने जसरी विद्यालय र विद्यार्थीलाई सहज हुन्छ त्यसैगरी विद्यालय सञ्चालन गर्न अनुरोध गरेकाले विद्यालयले वातावरण अनुकूल विद्यालय सञ्चालन गरिरहेका छन् ।

जानकी, जोशीपुर र भजनीका अभिभावक भने अझै केही दिन तातो हावा र गर्मी बढ्ने देखिएकाले विद्यालय बन्द गर्नुपर्ने माग गरिरहेका छन् । अभिभावक तेतरानी चौधरीले केही दिन गर्मी बिदा दिएर पछि बिदा मिलान गर्नुपर्ने सुझाव दिनुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
broken clouds
26° _ 26°
59%
2 km/h
आइत
26 °C
सोम
30 °C
मंगल
31 °C
बुध
31 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ