गाडी दुर्घटनामा एक जनाको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बनेपा । काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका– ११ धनेश्वर नजिक डिआई गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बनेपा नगरपालिका–११ धनेश्वरबाट पाकुडोलतर्फ जाने भित्री सडकमा सिमेन्ट बोकेको बा ६ च ६३४० नम्बरको गाडी दुर्घटना हुँदा गाडी चालक पनौती नगरपालिका– ५ ढलमले बस्ने ५२ वर्षीय बद्री बोगटीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनुभएका बोगटीको उपचारको क्रममा बनेपास्थित शीर मेमोरियल अस्पतालमा बिहीबार साँझ करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

दुर्घटनामा जिल्लाको भुम्लु गाउँपालिका– २ बस्ने २३ वर्षीय विष्णु पहरी र २४ वर्षीय सुमन पहरी घाइते भएको प्रहरीले जनाएको छ।घाइते दुवैको अनुहार र ढाडमा चोट लागेको र उहाँहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ