६० किलो सुन तस्करी प्रकरणमा मुछिएका काभ्रेका थर्कमान लामा लाजिम्पाटबाट पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा मुछिएका काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीया लामालाई केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

लामालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले पुष्टि गरेको छ । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । उनलाई सीआईबीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

पूर्वन्याायधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । जसक्रममा लामाको भूमिका शंकास्पद देखिएपछि लाजिम्पाटबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो । राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ