प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन जुलाई २६ मा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

कुवेत। नेकपा एमाले सम्बद्ध प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन जुलाई २६ मा हुने भएको छ ।

कुवेतको राजधानी खैतान स्थित सभाहलमा बिहान ११ बजे आयोजन हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। अधिवेशनमा नेकपा एमालेका प्रभावसाली नेताको उपस्थिति हुने प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटी सदस्य रोशन केसीले जानकारी दिनुभयो ।

अधिवेशनमा सांस्कृतिक कार्यक्रमको पनि आयोजन गरिएको छ। अधिवेशनमा कुवेत स्थित संघ संस्था,सामाजिक अभियान्ता, राजनीति दल,बैचारिक संगठन,पत्रकार, खेलाडी,श्रमिक दाजुभाई तथा दिदीबहिनिको उपस्थिति रहने केसीको भनाई छ ।

केसीले यसपटकको अधिवेशन थप भव्यहुने बताउनु भयो।उहाँले निर्धारित मिति र समयमा कुवेतमा कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रम तालिका नजुधाईदिन सबैमा अनुरोध गरेको बताउनु भयो।

उहाँले नयाँ आउने कार्यसमितिले प्रवासी नेपालीहरुको अधिकारका क्षेत्रमा थप काम गर्ने पठाउनु भयो । उहाँले कुवेतमा रहेका नेपालीहरुको अधिकार स्थापित गर्न गराउन मञ्च सबै कटिबद्ध रहेको भन्दै नयाँ नेतृत्वले यस विषयमा गम्भीर भएर अघि बढ्ने बताउनु भयो।

सेयर: 24
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ