Ad imageAd image

पर्यटन प्रबर्द्धन गर्न चियाबारी–सिन्धुलीगढी पदयात्रा

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

सिन्धुलीमाढी । आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्ने उद्देश्यले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीदेखि वडा नं. ३ स्थित ऐतिहासिक सिन्धुलीगढीसम्मको क्याप्टेन किनलक पदमार्गमा शनिबार पञ्चेबाजासहित पदयात्रा सम्पन्न भएको छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको श्री ९ नम्बर बाहिनी र भवानीबक्स गणको आयोजनामा ‘सिन्धुलीको शान, गढीहरुको पहिचान’ भन्ने नारासहित करिब ८ किलोमिटर लम्बाईको उक्त पदमार्गमा पदयात्रा सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

भवानीबक्स गणका अनुसार वि.सं. १८२४ मा नेपाल एकीकरणका क्रममा तत्कालिन गोर्खाली सैनिकहरु हिँडेको ऐतिहासिक स्थलहरुलाई पर्यटकिय पदमार्गले जोड्ने योजना अनुसार चियाबारीदेखि सिन्धुलीगढीसम्म क्याप्टेन किनलक मार्गको रुपमा विकास गरिएको छ ।

- Advertisement -
Ad imageAd image

ऐतिहासिक गढी तथा किल्लाहरुको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले क्याप्टेन किनलकले सिन्धुलीगढी आक्रमण गर्दा प्रयोग गरेको मध्येको एक मार्ग चियाबारीदेखि सिन्धुलीगढीसम्मको क्याप्टेन किनलक मार्गमा नेपाली सेनाले पदयात्रा सम्पन्न गरेको उक्त गणका गणपति बिमल वाग्लेले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त पदयात्रमा जिल्लाका सुरक्षा निकायहरु, सरकारी तथा गैरसरकारी कार्यालयहरु, निर्वाचित जनप्रतिनिधिहरु, उद्योग बाणिज्य सङ्घ, स्थानीय बासिन्दालगायत ५५० जना व्यक्तिको सहभागिता रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार वि.सं. १८२४ मा काठमाडौँ कब्जा गर्न इष्टईण्डिया कम्पनीका क्याप्टेन किनलकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित दुई हजार चार सय अंग्रेज फौजलाई बंसु गरुङको नेतृत्वमा रहेको गोर्खाली फौजले सिन्धुलीगढीको युद्धमा पराजित गरेको थियो । उक्त पदमार्गमा प्रत्येक वर्ष पदयात्रा गरिने गरिएको छ ।

उक्त पदयात्राले गढीगौडाको संरक्षण र प्रचार प्रसार, ऐतिहासिक पदमार्गको संरक्षण, युद्ध घटनाको साक्षात्कार र इतिहासको मूल्याङ्कन गर्ने अवसर दिएको पदयात्रामा सहभागि कमलामाई नगरपालिकाका वातावरण शाखा प्रमुख सागरकुमार ढकालले जानकारी दिनुभयो ।

ऐतिहासिक सिन्धुलीगढीको सोधअनुसन्धान कर्ता समेत रहनु भएका ढकालले भन्नुभयो, ‘‘नेपाल एकीकरण अभियानमा गोरखाली फौज र इष्ट इण्डिया कम्पनीका फौजबिच सिन्धुलीको तीन ठाउँमा जोडजुलुमको युद्ध भएको थियो ।’’

उहाँका अनुसार पहिलो दिन सिन्धुलीमाढीको जीतपुर (अहिले क.न.पा.५–जीतपुरमा, दोस्रो दिन सिन्धुलीगढी क्षेत्रको ढुङ्ग्रेभन्ज्याङ क्षेत्रमा र अन्तिम दिनको युद्ध ठुलोगढीको जङगल र सोलाभन्ज्याङ छेउछाउमा भएको थियो ।

यी तीनै युद्धमा कम्पनी सेनाहरु पराजित भए र सिन्धुलीगढी पार गरेर काठमाडौँ (कान्तिपुर) जान सकेनन् । कम्पनी फौजको नेतृत्व गर्ने क्याप्टेन किनलक हतास भएर सिन्धुली जिल्लाको सुदूरपश्चिममा रहेको हरिहरपुर गढी तिरबाट काठमाडौँ जाने सुर लिए तर त्यो योजनामा पनि किनलक सफल भएनन् ।

कहिल्यै नहारेको बेलायति शक्ति सिन्धुलीगढीमा हारेपछि गोर्खालीहरुले सहजै कान्तिपुर उपर बिजय शासिल गरेर सिङ्गो नेपाल निर्माणको लागि मार्ग प्रशस्त हुन गएको उहाँको भनाइ छ । अहिले नेपाली सेनाले ऐतिहासिक सिन्धुलीगढीमा त्यतिबेलाको युद्धको झल्को दिनेगरी युद्ध सङ्ग्राहलय निर्माण गरी आन्तरिक तथा बाहिय पर्यटन प्रबर्द्धन गरी रहेको स्थानीयले बताएको छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
clear sky
17° _ 17°
69%
1 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ