वेष्ट एजुकेसन अवार्ड’ मा काठमाडौँ महानगरपालिकालाई सर्वोत्कृष्ट पालिका अवार्ड’

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज वेष्ट एजुकेसन अवार्ड’ मा सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरुको संस्था प्रिन्सिपल एशोसिएसन अफ नेपाल पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा आज अवार्ड प्राप्त गरेको हो ।

मूल्याङ्कनका लागि राखिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ््यक्रम÷सूचना तथा प्रविधि र सुशासन जस्ता सूचकमा गरिएको मूल्याङ्कमा वागमती प्रदेशबाट महानगरपालिकाले अवार्ड प्राप्त गरेको हो ।

यससँगै यस प्रदेशबाट चितवनको नारायणी माध्यमिक विद्यालयले उत्कृष्ट विद्यालय र काभ्रेपलाञ्चोकको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदिप पराजुलीले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गर्नुभयो ।

राजधानीमा आयोजना गरिएको कार्यक्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले अवार्ड ग्रहण गर्नुभएको थियो । पानले हरेक प्रदेशबाट १-१ जना प्रधानाध्यापक, १-१ वटा विद्यालय र १-१ वटा पालिकालाई अवार्ड प्रदान गरेको हो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
72%
2 km/h
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
22 °C
शुक्र
10 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ