Ad imageAd image

नेपालको विकास गरी युवा फर्काउँछौँ : अध्यक्ष ओली

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू कामको खोजीमा विदेश गए पनि नेपाललाई बनाएर पुनः नेपाल फर्काइने बताउनुभएको छ ।

नेपालको विकास गरेर युवा जनशक्तिलाई यही रोजगारी सुनिश्चित गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।एमालेको पर्यटन, प्रवर्धन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा शनिबार उहाँले सो कुरा बताउनुभएको हो । सो विभागले ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ पुस्तक प्रकाशन गरेको छ । सो पुस्तकको अध्यक्ष ओलीले आज विमोचन गर्नुभयो ।

अन्य देशको भौतिक सुख सुविधा र आकर्षण क्षणिक भएको उहाँले चर्चा गर्नुभयो । नेपालमा अब २०.२६ प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेको विषय दुःखद भए पनि त्यसलाई हटाउन अब समय नलाग्ने उहाँले बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

नेपालको गरिबी र समृद्धिका विषयमा गम्भीर छलफल गर्नुपर्ने थलो आज झगडा गर्ने थलोको रूपमा परिणत भएको उहाँले टिप्पणी गर्नुभयो ।

नेपालको पर्यटन क्षेत्रको विकास देशको आर्थिक समृद्धिको मेरुदण्ड भएकाले यस क्षेत्रको विकासका लागि लाग्नुभएका सबै क्षेत्र, समुदाय र व्यवसायीहरूलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । पर्यटन क्षेत्रको विकासमा हातेमालो गर्न पनि उहाँले आग्रह गर्नुभयो ।विभागका संयोजक तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको पर्यटन क्षेत्रको इतिहास निकै छोटो भए पनि अथाह सम्भावना भएको क्षेत्र नेपाल भएको उहाँले चर्चा गर्नुभयो ।

नेपालमा एक करोड पर्यटक भित्र्याउन सक्ने हो भने नेपालको विकास रातारात सम्भव रहेको उहाँले बताउनुभयो । पर्यटन क्षेत्रको सबै कच्चा पदार्थ नेपालमै रहेकाले बाहिरबाट ल्याउनुपर्ने आवश्यकता नभएको बताउँदै उहाँले पर्यटन क्षेत्र नै समृद्धिका व्याकबोन भएको उहाँले बताउनुभयो । अर्को क्षेत्र कृषि पनि नेपाली अर्थतन्त्रको अर्को मेरुदण्ड भएको उहाँले बताउनुभयो ।

पर्यटन, प्रवर्धन तथा नागरिक उड्डयन विभागका अध्यक्ष भीमप्रसाद आचार्यले पर्यटनको विभिन्न १८ विधा समेटेर पुस्तक प्रकाशन गरिएको बताउनुभयो । पर्यटन क्षेत्रमा निजी क्षेत्रको उत्साहजनक सहयोग रहेको चर्चा गर्दै उहाँले सरकार र निजी क्षेत्र हातेमालो गरेरै यस क्षेत्रको विकास हुने बताउनुभयो ।

आज लोकार्पित पुस्तक ८३८ पृष्ठको छ । विभिन्न ६ खण्डमा विभाजित पुस्तकमा पर्यटन क्षेत्रमा दिग्गज मानिएका विज्ञहरूको लेख समेटिएको छ । पुस्तक प्रकाशनमा सहयोग गर्ने पर्यटन व्यवसायी, लेखक तथा विभागका सदस्यहरूलाई प्रसंशापत्र प्रदान गरिएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
clear sky
20° _ 20°
52%
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ