मुलुकको समृद्धिका लागि सरकारले कृषि, ऊर्जा र सूचना प्रविधिलाई प्राथमिकता दिएको छ: मन्त्री रेखा शर्मा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिका लागि सरकारले कृषि, ऊर्जा र सूचना प्रविधिलाई प्राथमिकता दिएको बताउनुभएको छ।

शनिबार काठमाडौँमा आयोजित सामाजिक अभियन्ताको राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो। मन्त्री शर्माले भन्नुभयो, ‘‘अहिले समृद्धिको योजनामा हाम्रो बेस कृषि हो। कृषिका कार्यक्रम कसरी चलाउने ? हामीले उत्पादनमा ध्यान दिनुपर्छ।

त्यसपछि हामीले हस्तक्षेपकारी आयोजना भनेर ऊर्जा भनेका छौँ। ऊर्जाको उत्पादन वृद्धि गरेर देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर त्यसतर्फ केन्द्रित हुनुपर्छ। सरकारले तेस्रो हस्तक्षेपकारी योजनामा सूचना र प्रविधिलाई अगाडि सारेको छ।’’मन्त्री शर्माले राष्ट्र र जनताको हितमा हुनेगरी मात्रै वैदेशिक सहायता भित्र्याउन सामाजिक सङ्घ, संस्थालाई सचेत गराउनुभयो।

मन्त्री शर्माले उत्पादन वृद्धिमा जोड दिएर सरकारले बजेट ल्याएको दाबी गर्नुभयो। उहाँले उत्पादन वृद्धि हुनेगरी सहायता रकम परिचालन गर्न सामाजिक सङ्घ, संस्थालाई निर्देशन दिनुभएको छ। मन्त्री शर्माले समाज कल्याण परिषद्ले राष्ट्र र जनताको हित प्रतिकूल हुने खालका कुनै पनि सहायता लिन नहुने स्पष्ट पार्नुभयो।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
scattered clouds
19° _ 19°
48%
6 km/h
आइत
17 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ