सरकारी गाडीमा विद्यार्थीले लगाइदिए आगो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । विगत केही दिनदेखि आन्दोलनरत विद्यार्थीको आक्रोशित समूहले विराटनगरमा सरकारी गाडीमा आगजनी गरेका छन् ।

आइतबार बिहान महेन्द्र मोरङ बहुमुखी क्याम्पस छेउमा विद्यार्थीको समूहले को(१ झ ६४४ नम्बरको कोशी प्रदेश योजना आयोगको स्कारपियो गाडीमा तोडफोड गरी आगजनी गरेका हुन् ।

आगजनीका कारण गाडीको अघिल्लो भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै, उनीहरुले बा १ ञ २४१९ नम्बरको सार्वजनिक संस्थानको गाडीमा तोडफोड गरेका थिए ।

शुक्रबार मोरङको रंगेली नगरपालिकाका नगर रक्षकलाई कुटपिट गरेको आरोपमा ६ विद्यार्थी पक्राउ परेका थिए । पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली-८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विधार्थीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइ पाँच दिन म्याद थप भएको छ । आन्दोलनरत विधार्थीहरुले पक्राउ परेका सबै रिहा हुनु पर्ने माग राखेका छन् ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
43%
2 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ